Comments Add Comment

निर्वाचनलाई कसैले रोक्न सक्दैनः ओली

'बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न भोट सदुपयोग होस्'

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

बालकोटस्थित निवासमा देउसी खेल्न आएका पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भैसकेको छ ।’

उनले मंसिर १० र २१ गते नै निर्वाचन हुने बताए । ओलीले सबैलाई तिहारको शुभकामना दिँदै आउँदै गरेको निर्वाचनमा भोट खेर नजाने गरी मतदान गर्न आग्रहसमेत गरे ।

उनले भने, ‘तपाईंहरुको मत बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न सदुपयोग होस्, मेरो यही शुभकामना छ ।’

अध्यक्ष ओलीले तिहारले मानव जातिलाई उज्यालोतिर, खुशीतिर, सुखीतिर जान मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment