Comments Add Comment

जब भालुको बथानले पूरै गाउँलाई बन्धक बनायो

भालुले गाउँलाई नै बन्धक बनाएको घटना कहिल्यै सुन्नुभएको छ ? सायद छैन होला । यस्तो घटना हालै रुसमा घटेको छ ।

रुसको एक गाउँलाई ध्रुविय भालु अर्थात् पोलर बियरको एक झुण्डले पछिल्लो केही दिनयता बन्धक बनाएको छ ।

भालुको समूहले गाउँलाई चारैतिरबाट घेरेपछि वन विभागको टोलीले उक्त गाउँका जनताको सुरक्षाका लागि गस्ती गरिरहेको छ ।

२० को संख्यामा रहेका भालुहरु यति आक्रामक छन् की घरका ढोका फोडेर घरभित्र छिर्ने कोसिस गरिरहेका छन् ।

आखिर भालुले गाउँलाई किन बन्धक बनाए त ? वास्तवमा यी भालुहरु आफ्नो सिकारको खोजी गर्दै गाउँसम्म आइपुगका हुन् ।

समाचार अनुसार उक्त गाउँसँगै जोडिएको एक पहाडि इलाकामा वालरस नामक स्तनधारी जनावर प्रजननका लागि जाने गर्दछ । वालरसको उक्त प्रजजनस्थलमा अचानक ध्रुविय भालुको समूह पुग्यो । पोलार भालुले प्रजननरत वालरसमाथि आक्रमण गरी केहीलाई सिकार बनाए र धेरै वालरसहरु त्यहाँबाट भागेर पहाडको तल खोँचसम्म आइपुगे र त्यहीँ रहेको गाउँमा प्रवेश गरे ।

वालरस गाउँ छिरेपछि भालुहरु पनि आफ्नो सिकार खोज्दै गाउँमा प्रवेश गरी आm्नो सिकार वालरस नउम्किउन् भनेर गाउँलाई चारैतर्फबाट घेराबन्दी गरेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment