Comments Add Comment

गृहप्रशासन निर्वाचन आयोग मातहत हुनुपर्छः चन्द

४ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले निश्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नको लागि गुप्तचर विभागसहित सम्पूर्ण प्रशासन निर्वाचन आयोग मातहत हुनुपर्ने बताएका छन् ।

आफ्नो निवासमा देउसी खेल्न आएका पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री चन्दले भने, ‘निर्वाचन भएरमात्रै भएन, स्वतन्त्र हुनुपर्‍यो, धाँधली हुनुभएन, अहिले हेर्नुहोस् त व्यवस्थापनप्रति कत्रो आलोचना छ ।’

उनले निर्वाचन आयोगका मातहातमा मुलुकको गृह प्रशासन तथा सरकारी प्रशासन नरहीकन भएका विगतका निर्वाचनहरु पनि निश्पक्ष नभएको दृष्टान्त पेश गरे ।

चन्दले थपे, ‘विगतका धेरै निर्वाचनहरु निश्पक्ष भएका छैनन् । त्यस्तै निर्वाचन गर्ने हो भने पहिले र अहिलेकोमा कुनै तात्विक फरक हुँदैन । यसको लागि अहिले ढिला भैसक्यो, समस्त प्रशासन निर्वाचन आयोगको मातहतमा हुनुपर्छ, गुप्तचर विभागसहित ।’

उनले निर्वाचन आयोगको कामकारवाहीप्रति पनि असन्तुष्टि पोखे । उनले भने, ‘आयोगमा पनि दरिलो मान्छे हुनुपर्‍यो, आज एउटा बोल्ने भोलि अर्को बोल्ने हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment