Comments Add Comment

बाम गठबन्धनमा जनमोर्चा पनि सामेल, प्यूठानमा प्रतिनिधि सभाको उम्मेदवार पायो

प्युठानमा जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

४ कात्तिक, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच आज सहमति भएको हो ।

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक/एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् ।

यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक/एक र बाँकी दुई स्थान जनमोर्चालाई दिइनेछ ।

देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दलबीच सहमति भएको एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment