Comments Add Comment

काठमाडौंको म्हैपीमा गोली चल्यो, एक घाइते, ५ पक्राउ

५ कात्तिक, काठमाडौं । राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् ।

काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ बजेतिर उक्त घटना भएको हो । घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको धानुकले अनलाइनखबरलाई बताए ।

म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ निकट स्रोतको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

राति डिस्कोमा झगडा भएको र विहान गोली चलेको पुष्टि गर्दै एसएसपी दिवेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेकोे अनलाइनखबरलाई बताए ।

राजधानीमा अघिल्लो साता निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भएको थियो ।

गौचनको हत्या हुनुभन्दा केही समयअघि प्रहरीले राजधानीबाटै साना हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

आज लैनचौर डिस्कोमा भएको गोलीकाण्डले राजधानीमा साना हतियारको बिगबिगी बढेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment