Comments Add Comment

इनिस्टाको गोलमा बार्सिलोनाको जित

५ कात्तिक, काठमाडौं । आन्द्रे इनिस्टाको गोलको मदतमा बार्सिलोनाले मालागालाई हराएको छ र स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागालाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै जेरार्ड डेउलोफुको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा इनिस्टाले गोल गरे ।

इनिस्टाको यो गोल पछिल्लो एक वर्षमा पहिलो हो । यसअघि उनले २०१६ सेप्टरम्बरमा च्यामिपयन्स लिगमा सेल्टिकविरुद्ध गरेका थिए ।

जितपछि लिग लिडर बार्सिलोनाको ९ खेलबाट २५ अंक छ भने दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको २१ अंक छ । रियल मडि्रडको १७ अंक छ र एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment