Comments Add Comment

चन्द्रागिरिको गैरिगाउँमा छापा, १४ जुवाडे पक्राउ

५ कात्तिक, काठमाडौं । जुवा खेलरहिेको अवस्थामा चन्द्रागिरि नगरपालिका-८ गैरीगाउँ मातातिर्थबाट प्रहरीले १४ जुवाडे पक्राउ परेको छ ।

चन्द्रागिरि-८ गैरिगाउँ मातातिर्थका माधव के।सीको घरमा जुवाको खालबाट प्रहरीको नाममा १२ महिना जुवा खेलाइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरीक्षक केशवराज भट्टको कमाण्डमा गएको टोलीले जुवा खालबाट नगद ७५ हजार ८ सय २५ रुपैयाँ र केही कौडा बरामद गरेको छ ।

भट्टको कमाण्डमा खटिएको टोलीले छापा मार्दा ३२ जनालार्इ कौडा खेलिरहेको अवस्थामा फेला पारेको थियो । तर, स्थानीयको अवरोधका १४ जना जुवाडेलार्इ मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment