Comments Add Comment

फिल्म क्षेत्रमा मलिनालाई फर्काएको ‘रानी’ले करिअर भने जोगाएन


नायिका मलिना जोशी चलचित्र क्षेत्रबाट नै टाढा जान चाहन्थिन् । चलचित्र क्षेत्रमा आफूले खोजे जस्तो माहोल नपाएपछि उनी यो क्षेत्र छाड्ने मुडमा थिइन् । तर, चलचित्र ‘रानी’मा अनुवन्धित भएपछि भने उनलाई यो क्षेत्रमा नै बस्न मन लाग्यो । चलचित्रको प्रेसमिटमा मलिनाले भनेकी थिइन्-‘चलचित्र क्षेत्रमा यति राम्रो माहोल हुन्छ भन्ने मलाई ‘रानी’मा काम गरेपछि महशुश भयो । जसकाकारण, यही नै काम गर्ने रहर जाग्यो ।’

मलिनालाई यो चलचित्रबाट ठूलो आशा पनि थियो । तिहारको बिदामा कमाउने उद्देश्यले रिलिज भएको ‘रानी’ सिंगल र मल्टिप्लेक्स दुबै हलमा खासै चलेन ।
दयाराम दाहालले यूवापुस्ताको कथालाई उठान गरेको चलचित्रमा मलिना जोशीको साथमा अनुप विक्रम शाही, सारुक ताम्राकार, मनिष श्रेष्ठको मुख्य भूमिका थियो ।

मलिनालाई चलचित्र क्षेत्रमा फर्काएको ‘रानी’ले उनको करिअर भने फर्काउन सकेन । चलचित्र रिलिज अगावै अमेरिका उडेकी मलिनाले अब करिअरको बारेमा गम्भिर भएर सोच्न आवश्यक पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment