Comments Add Comment

ओभरसिजमा अजय र आमिर भन्दा विजय अगाडि


सबैलाई थाहा छ, चलचित्र ‘बाहुवली २’ पछि बलिउडलाई भारतको प्रान्तिय चलचित्र उद्योगले दबाबमा राखेको छ । साउथका सुपरस्टारहरुलाई अहिले बलिउड चलचित्र रुचाउने दर्शकले पनि मन पराउन थालेका छन् । बलिउडका लागि, साउथ चलचित्र अहिले ठूलो चुनौती बनिरहेका छन् ।

तिहारको अवसर पारेर यो बर्ष बलिउडमा २ चलचित्र रिलिज भए । रोहित सेट्टीको निर्देशनमा तयार भएको चलचित्र ‘गोलमाल एगेन’ र आमिर खानको निर्माणमा तयार भएको चलचित्र ‘सिक्रेट सुपरस्टार’ यो साता रिलिज भएका थिए ।

यस्तै, साउथ बजारमा सुपरस्टार विजयको मुख्य भूमिका रहेको चलचित्र ‘मेर्सल’ रिलिज भयो । बलिउडले कब्जा जमाउँदै आएको ओभरसिज बजारमा यसपटक भने विजयको साउथ चलचित्र हाबी भयो ।

बलिउड पण्डितहरुका अनुसार ओभरसिज बजारमा अजय र आमिरको चलचित्र भन्दा धेरै अगाडि विजयको चलचित्रको व्यापार छ । ‘मेर्सल’ वुधबारबाट रिलिज भएको हो भने ‘सिक्रेट सुपरस्टार’ बिहिबार र ‘गोलमाल एगेन’ शुक्रबारबाट रिलिज भएको हो । तर, साउथका सुपरस्टारको चलचित्रले ओभरसिज बजारमा बलिउडका सुपरस्टारहरुलाई नै चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment