Comments Add Comment

पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश

५ कात्तिक,काठमाडौं । कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । रौतहट २ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

आलमलाई अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गरेपछि आलमले ओलीलाई ‘अंकल’ भन्दै अंकमाल गरेका थिए । स्थानीय चुनावमा रौतहटमा ‘क्लिन स्वीप’ भएको एमालेले त्यहाँका प्रभावशाली नेता आलमलाई भित्र्याएर शक्ति मजबुत पार्न खोजेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता शेख इद्रिसका नाति मुस्ताक आलम लामो समय कांग्रेसको राजनीतिमा थिए । उनका दाजु अफताब आलमले मात्र कांग्रेसबाट सांसद र मन्त्री बन्ने मौका पाएपछि रुष्ट भएर लोकतान्त्रिक फोरम प्रवेश गरे लगत्तै मुस्ताकले अफताबलाई पराजित गरे ।

एमालेको राष्ट्रवादी नीति र केपी ओलीको अडानबाट प्रभावित भएर आफू एमाले प्रवेश गरेको मुस्ताकले बताए । उनले भने- प्रेममा र राजनीतमिा कुनै शर्त हुँदैन । केपी अंकल मेरो हजुरबुबासँगै जेल बसेको नेता हो । मेरो घरको बगलबाट उहाँले जनताको मुक्तिको संघर्ष गर्नुभयो । उहाँलाई म अंकल नै भन्छु, त्यसैले बिना शर्त एमाले प्रवेश गरेको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment