Comments Add Comment

माछापुछ्रे १५ प्रतिशत लाभांश, सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस र हकप्रद


५ कात्तिक, काठमाडौं । माछापुछ्रे बैंकले १५ प्रतिशत लाभांश दिने भएको छ ।  बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले हाल जारी गरेर पुगेको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँको आधारमा बोनस जारी गर्ने भएको हो । बैंकको बोनस पछि पूँजी ८ अर्ब ५ करोड पुग्नेछ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आफ्नै साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सहित हकप्रद पनि जारी गर्ने भएको छ ।  कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र त्यसपछि हुने चुक्ता पूँजीको आधारमा ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment