Comments Add Comment

सोल्टीले २१ प्रतिशत लाभांश दिने


५ कात्तिक, काठमाडौं । सोल्टी होटलले २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यसको लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज मिति सार्वजनिक गरेको छ । मंसिर ३ गतेसम्म सेयर हुनेले कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको मंसिर २८ गते हुने ४३ औं बार्षिक साधारण सभाले यो प्रस्ताव पारित गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment