Comments Add Comment

रामेछापमा माओवादीका तीन नेताको बागी उम्मेदवारी !

राज्यमन्त्रीविरुद्ध पूर्वसभासदले दिइन् चुनौती

  • स्वतन्त्र उम्मेदवारी दिँदै लक्ष्मी गुरूङ, मैनकुमार मोक्तान (हाफ कोट लगाउने), हेमन्त पाैडेल (रातो लगाउने)

५ कात्तिक, रामेछाप । रामेछापमा वामपन्थी गठबन्धनका साझा उम्मेवारविरुद्ध माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै पूर्वसभासद लक्ष्मी गुरुङ र जिल्ला सेक्रेटरी रहिसकेका माअोवादी केन्द्रका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तानसहितले विद्रोह गरेर बागी उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठको उम्मेदवारी विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दर्ता गराएकी छन् ।

गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् भने ०७० मा प्रत्यक्ष उम्मेदवार बनेर कांग्रेसका आङटावा शेर्पासँग दोस्रो भएकी थिइन् ।

त्यस्तै प्रदेशसभातर्फ (क) मा माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकास बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा वामपन्थी उम्मेदवार छन् ।

त्यस्तै प्रदेश (ख) मा माओवादी नेता मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् ।

रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीभित्र श्याम श्रेष्ठ र युवराज चौलागाईबीच प्रतिस्पर्धा चलेको थियो । अन्तिम घडीमा श्रेष्ठले टिकट पाएपछि चौलागाई पक्ष असन्तुष्ट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment