Comments Add Comment

बिराट कोहलीको ३१औं शतक, अब सचिनमात्रै अगाडि

फाइल तस्वीर

५ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले करिअरको ३१औं शतक पूरा गरेका छन् ।

न्यूजिल्याण्डबिरुद्धको पहिलो एकदिवशीय खेलमा १११ बलमा शतक पूरा गरे ।

भारतका लागि २ सयौं एकदिवशीय खेलमा उनले ३१औं शकत पूरा गरेका हुन् । एक दिवशीय खेलमा सबैधन्दा धेरै शतक प्रहार गर्नेमा कोहली दोस्रो नम्बरमा समेत उक्लिएका छन् ।

अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोण्टिङको ३० शतकको रेकर्डलाई पछि पार्दै कोही दोस्रो नम्बरमा उक्लिएका हुन् । कोहली अब मात्र सचिन तेन्दुलकर भन्दा पछाडि छन् । तेन्दुलकरको एकदिवशीयमा ४९ शतकको कीर्तिमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment