Comments Add Comment

विवेकशील साझाले माधव नेपालविरुद्ध सूर्यराजलाई उठाउने

सूर्यराज आचार्य

५ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रवक्ता सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशील साझा पार्टीका उम्मेदवार आचार्य भौतिक पूर्वाधारका विज्ञ हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ बाट उम्मेदवारी दिँदैछु ।’

यही क्षेत्रबाट एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि चुनाव लड्दैछन् भने कांग्रेसले दीपक कुईंकेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्
विवेकशील साझा पार्टीद्वारा १८ स्थानमा उम्मेदवारी दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment