Comments Add Comment

दोलखामा एमाले नेता बने मालेको प्रदेशसभा उम्मेदवार

पशुपति चौलागाईले आफ्नो टिकट खोसेको गुनासो

लालकुमार केसी

५ कात्तिक, दोलखा । टिकट वितरणमा पार्टीले अन्याय गरेको र पटक-पटक आफूलाई धोका दिएको भन्दै दोलखाका एमाले नेता लालकुमार केसी आइतबार सीपी मैनाली नेतृत्वको नेकपा मालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश लगत्तै उनी नेकपा मालेको तर्फबाट उम्मेदवार बनेका छन् ।

एमालेका ३ नम्बर प्रदेश कमिटी सदस्य एवं पार्टीका प्रभावशाली नेता केसी प्रदेश (ख) को उम्मेदवारका लागि सिफारिस भएका थिए । ०५४ सालमा दोलखा जिल्ला विकास समितिको सभापतिसमेत बनेका केसी ०६४ र ०७० मा पनि सभासदको दाबेदार थिए ।

तर, दुवै चुनावमा आनन्द पोखरेलले टिकट पाएपछि केसीप्रति एमाले कार्यकर्ताको सहानभूति थियो । उनले यसपटक टिकट पाउने सम्भावना थियो । तर, अन्तिम घडीमा पोलिटव्यूरो सदस्य पशुपति चौलागाई प्रदेश (ख) को उम्मेदवार बन्न काठमाडौंबाट दौडेर दोलखा पुगेपछि केसीले टिकट पाएनन् ।

एमाले नेता चौलागाई प्रतिनिधिसभाको उम्मेदवारका दाबेदार थिए । तर, केपी ओली पक्षका प्रभावशाली युवा नेता पार्वत गुरुङले दोलखामा प्रतिनिधिसभाको टिकट पाएपछि चौलागाई प्रदेशसभा भए पनि नछाड्ने भन्दै आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा उम्मेदवार बन्न पुगेका हुन् ।

चौलागाईले टिकट पाएलगत्तै आफूमाथि बारम्बार अपमान भएको भन्दै केसीले विद्रोह गरेका हुन् । आफू स्वतन्त्र उम्मेदवार बन्न नचाहेरै कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेको उनले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment