Comments Add Comment

मेलबर्नमा पहिलो पटक नेपाल सम्वत कार्यक्रम

२२ अक्टोबर,मेलबर्न । संस्थागत रुपमा मेलबर्नमा पहिलो पटक नेपाल सम्वत मनाइएको छ ।

नेवा एशोसिएसन अफ अस्ट्रेलियाले मेलबर्नको फूटस्क्रे पार्कमा आयोजना गरेको ११३८ औं नेपाल सम्बत लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न संस्थाको प्रतिनिधिको उपस्थितिमा उपस्थित सबैलाई नेवारी परम्परा अनुसार सगुन दिएर सुरु गरिएको थियो ।

लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखधर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत ८०० दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी नेपाल सम्वत प्रचलन ल्याइएको र नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत ९३६ र इश्वी सम्वत ८७९ भएको कारण यो वर्ष नेपाल सम्बत ११३८ औं मनाइएको जानकारी दिए ।

श्रेष्ठले नेपाल सम्बत अभियान कलकतामा बसोबास गर्ने बुद्धिस्ट गतिबिधि एबं नेपाल भाषाका सकृय धर्मदित्य धर्माचार्य नेपाल सम्बतलाई राष्ट्रिय पात्रोको रुपमा स्थापित गर्ने अभियान १९२० मा सुरु गरेपछि राणाकालमा भाषा र संस्कृति सम्बद्ध अभियन्ताहरुले प्रजातन्त्र स्थापना आन्दोलनसँगै १९५१ मा यस्लाई नेपालमा निरन्तरता दिइएको जानकारी दिंदै नेपाल सम्बतलाई राष्ट्रिय पात्रोकै रुपमा बिकास गर्ने गतिबिधिलाई १९७९ मा नेपाल भाषा ‘मंका खल’को स्थापनाले थप उर्जा प्रदान गराएको बताए ।

श्रेष्ठले नेपाल सम्बत अभियानले पात्रोका संस्थापक संखधर साख्वालाई सरकारले २६ अक्टोबर २००३ मा राष्ट्रिय बिभूति घोषणा गर्ने, हुलाक बिभागले उन्को सम्मानमा टिकट प्रकाशन गर्ने र २८ जनवरी २०१२ मा तानसेन पाल्पामा उनको मूर्ति प्रतिस्थापन गर्ने जस्ता महत्वपूर्ण कार्य गरेको बताए ।

एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछाने, न्याभका पूर्व अध्यक्ष बम योन्जन, नेपाली जनप्रगतिसिल मन्च अस्ट्रेलिया अध्यक्ष माण्डब राज कार्की सबैले एकाध दिनको तयारीमा सुरु गरिएको यो कार्यक्रमलाई आगामी दिनमा अधिकाधिकलाई समेटेर अझै भब्यताका साथ मनाइनु पर्ने कुरामा जोड दिंदै बिदेशमा नेपाली संस्कृति जोगाउन पहल गरिएकोमा आयोजकलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।

मायाप्रसाद सुवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राज श्रेष्ठले स्वागत मन्तब्य दिएकी थिइन भने कार्यक्रमको सन्चालन सुवर्ण श्रेष्ठले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment