Comments Add Comment

हजार किलोको फर्सी फलाएर किसानले राखे किर्तिमान

अमेरिकामा इतिहासकै ठूलो फर्सी फलेको छ । अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको हो । साथै यो फर्सी विश्वमा अहिलेसम्म फलेको दोश्रो ठूलो फर्सी बनेको छ ।

४४ औँ World Champoinship Pumpkin Weigh-Off मा प्रदर्शित उक्त फर्सी जोएल होल्लार्ड नामक किसानले फलाएका हुन् । फर्सी प्रतियोगितामा उनको यो सातौँ जित हो ।

यो फर्सी फलाउने किसानले २३६३ पाउण्ड तौलको फर्सीको प्रति पाउण्ड तौल बराबर ७ अमेरिकी डलरका हिसाबले १६५४१ डलर पुरस्कार पाए ।

स्मरण रहोस् विश्वमा अहिलेसम्म फलेको सबैभन्दा वजनदार फर्सी चाहीँ बेल्जियमको हो । बेल्जियमका किसान माथाइस विलेमिज्नसले गत वर्ष ११९० किलो तौलको फर्सी फलाएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment