Comments Add Comment

आइफोनका लागि कुमारित्व लिलाम गर्ने किशोरीलाई यसरी सिकाइयो सबक

आइफोन अहिले युवापुस्ताका लागि स्टाटस सिम्बोल बनेको छ । बजारमा आएका महंगा आइफोन हात पार्नका लागि युवापुस्ताले के सम्म गर्दैन ? हुँदा हुँदा एक चिनिया किशोरीले बजारमा आएको नयाँ आइफोन एट प्राप्त गर्नका लागि आफ्नो भर्जिनिटी नै लिलामीमा राखेकी छिन् ।

जियो चेन नामकी १७ वर्षकी ती किशोरीले आइफोन किन्ने पैसा जुटाउन आफ्नो भर्जिनिटी बेच्ने विज्ञापन अनलाइनमा प्रकाशित गरिन् । तर उनले जुन परिणाम भोग्नुपर्यो त्यो सायद जिवनभर भुल्नेछैनिन् ।

जियो चेनले २२ सय ८४ ब्रिटिस पाउण्ड बराबरको मूल्य आफ्नो कुमारित्वको लागि तोकेकी थिइन् । आफ्नो कुमारित्व भंग गर्ने मानिसले त्यो रकम नगद भुक्तानी गर्नुपर्ने उनकेा शर्त थियो ।

उनको यो विज्ञापनमा नाना नामको एक व्यक्तिको नजर पर्यो । नाना बेइजिङका एक ब्लगर हुन् । अनलाइनमा यस्तो विज्ञापन देखपछि नानाले ती युवतीलाई उनको त्यस्तो बेहोसीपनको सबक सिकाउने निधो गरे ।

त्यसपछि नानाले ग्राहक बनेर जियोसँग सम्पर्क गरे । सबै शर्तमा सहमति भैसकेपछि उनीहरुबीच एक होटेलमा भेट्ने सहमति भयो । उक्त समय र शर्त बमोजिम जियो होटलको उक्त कोठामा पुगिन् जहाँ नाना केही समय पहिले नै पुगिसकेका थिए । आइफोनका लागि भर्जिनिटी बेच्न तयार हुने किशोरीलाई सबक सिकाउनका लागि उनले नक्कली ग्राहक बनेर ती किशोरीमाथि एउटा प्रांक भिडियो बनाउने पूरै तयारी गरेका थिए । जियो केाठाभित्र प्रवेश गरिसकेपछिका सबै दृश्यहरु क्यामरामा कैद गर्ने बन्दोबस्त मिलाइसकिएको थियो । जब जियो कोठाभित्र बसिन् तब सायद उनले नसोँचेको घटना भयो । के के भयो ? यो भिडियोमा हेर्न सकिन्छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment