Comments Add Comment

भारतीय पक्षद्वारा मीरगञ्ज पुलबाट आवत-जावत बन्द, नेपाली व्यापारी मर्कामा

५ कात्तिक, विराटनगर । भारतीय पक्षलेे मीरगञ्ज खोलाको पुलबाट सवारी आवागमनमा रोक लगाएपछि नेपाली उद्योगी व्यवसायीहरु मर्कामा परेका छन् ।

भारतीय मुख्य राजमार्गमा पर्ने यो पुल जोगवनी नाका हुँदै विराटनगर भित्रिने एक मात्र नाका हो । सीमावर्ती भारतीय बजार जोगबनीदेखि ५ किलोमिटर दक्षिणमा रहेको यही पुल तरेर तेश्रो मुलुक एवं भारतबाट व्यापारीक कारोबार हुने गर्दछ ।

मीरगञ्ज खोलाको पुलमा गएको वर्षामा क्षति पुगेको थियो । त्यसलाई मर्मत गरेर हालै सञ्चालनमा ल्याइएको थियो । तर पुलको भारवहन क्षमताको रिपोर्ट प्राप्त नभएको भन्दै भारतीय प्रशासनले पुनः आजबाट सो पुलबाट ठूला मालवाहक सवारी साधन आवत जावत गर्न रोक लगाएको छ ।

पुलबाट ठूला सवारी साधन आवत जावतमा रोक लगाएपछि विराटनगर र जोगवनी रुटबाट हुने नेपाल र भारत दुवै तर्फको आयात निर्यातको काम पुनः ठप्प्ा भएको छ । विभिन्न बहानामा भारतीय पक्षले पुलबाट विषेश गरी औद्योगिक कच्चा पदार्थ बोकेका मालबाहक गाडीलाई लक्षित गरी आवागमन बन्द गरेकाले नेपाली व्यावसायी मारमा परेको मोरङ व्यापार संघका अध्यक्ष पवन साराडाले बताए ।

उनले भने, ‘जोगवनीका व्यापारीको दवावमा भारतीय पक्षले पुलबाट ठूला सवारी साधन आवागमनमा रोक लगाएको छ । चाड पर्वको बेलामा नेपालमा आवश्यक सामाग्री आयात नहुँदा भातीय बजार गुल्जार हुने सोचले भारतीय प्रशासनले यस्तो गरेको देखिन्छ ।’

भारतीयपक्षले छठ पर्वसम्म आवागमन रोक लगाउन सक्ने अनुमान गरे । भारतीयले बाटो बन्द गरेपछि अत्यावश्यक सामाग्री नेपाली बजार भित्रिन पाउँदैन र नेपाली उपभोक्ता भारतीय बजार जोगबनीको भर पर्नुपर्न बाध्य हुनेछन् ।

भारतीय प्रशासनले साना सवारी साधनको हकमा भने सो पुलवाट आवागमनमा कुनै रोक लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment