Comments Add Comment

कस्तो आमिर खानको ‘सिक्रेट सुपरस्टार’ ?

निर्देशक– अद्वैत चन्दन

निर्माता– आमिर खान, किरण राव

कास्ट- आमिर खान, जायरा वसीम, मेहर विज, राज अर्जुन, तीर्थ शर्मा आदि

अवधी- २ घण्टा ३० मिनेट

सबैजना दिपावली मनाउने सुरसारमै रहेको बेला चुपचाप एउटा फिल्म हलमा आएको छ । फिल्म हो, ‘सिक्रेट सुपरस्टार ।’ आमिर खानको होम प्रोडक्सनमा बनेको फिल्ममा उनलाई पनि स्त्रिmनमा देख्न सकिन्छ । यद्यपी फिल्म उनको आसपासमा घुमेको छैन । आमिरले सानोतिनो भूमिका गरेका छन् ।

फिल्मको सुरुवाती कारोबार उत्साहजनक रहेन । यद्यपी बलिउड ट्रेन्ड बिश्लेषकहरुले यस फिल्मले बिस्तारै गति लिनेमा विश्वस्त छन् । उनीहरुले भनेका छन्, ‘दिपावलीको व्यस्तताले मानिसहरु हलमा गएका छैनन् । तर, फिल्मले मनग्ये दर्शक पाउनेछ ।’

उसो त आमिर खानको नामले नै फिल्म चल्छ । आमिर खानसँग त्यो सामथ्र्य छ, जसले दर्शकलाई हलसम्म तान्न सक्छ । भलै यो फिल्ममा उनको हिरोइज्म नदेखिए पनि ।

‘सिक्रेट सुपरस्टार’ जसले हृदयमा झंकार पैदा गर्छ । यो फिल्मले हसाउँछ, रुवाउँछ । र, आफ्नाो इच्छालाई वास्तविकतामा बदल्ने उत्प्रेरणा दिन्छ । फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो ।

कस्तो छ कथा ?

बडोदरामा बस्ते एक निम्न मध्यम बर्गिय मुश्लिम परिवारको कथा हो यो । पिता हिंस्रक, क्रोधित स्वभावका छन् । उनी इन्जिनियर हुन् । उनी पत्नी गृहणी । यी पत्नीले आप्ना पतिको मारपिटलाई पनि स्विकार गरिसकेकी छिन् ।

उनीहरुको एक छोरी छिन्, इन्सिया । इन्सियाको सानो भाई छन् । इन्सिया गीत गाउन रुचाउँछिन् । उनी गीत संगीतमा हुरुक्कै हुन्छिन् । तर, पिता इन्सियाको सौखप्रति सकारात्मक छैनन् । छोरीले गीत गाएको उनलाई पटक्कै रुच्दैन ।

यस्तो पृष्टभूमीमा इन्सिया लुकीछिपी गीत सिक्छन् । गाउँछन् । अब उनले कसरी आफ्नो यो गायकीलाई दुनियाँसामु ल्याउँछिन् ? यहि केन्दि्रय बिषयमा फिल्म घुमेको छ ।

फिल्मका कतिपय यस्ता दृश्य छन्, जसले दर्शकको आँखा रसाउँछ । फिल्मलाई अति कुशलतापूर्वक दृश्यंकन गरिएको छ ।

फिल्ममा आमिर खान पनि देखिन्छन् । उनको अभिनयले दर्शकलाई बाँधेर राख्छ । त्यसो त इन्सियाको भूमिकामा रहेकी जायरा वसीमले पनि स्वभाविक अभिनय गरेकी छिन् । आमाको भूमिका मेहर बिज र पिता बनेका राज अर्जुनले पनि कमालको अभिनय गरेका छन् ।

यो फिल्मबाट अद्वैतले आफ्नो निर्देशयिक खुबी पेश गरेका छन् । आमा छोरीको भावनात्मक सम्बन्धका लागि, कुनैपनि प्राप्तीका लागि सपना देखेर त्यसमा डटिरहेकाहरुले यो फिल्म हेर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment