Comments Add Comment

अब बैंकमा भुक्तान गर्दा पासवर्ड होइन सेल्फी

फेसबुक होस्, इन्स्टाग्राम होस् वा टि्वटर, सेल्फी भन्ने चिज हरेक ठाउँमा लोकप्रिय बनिरहेको छ । अब छिटै बैंकमा समेत प्रयोगकर्ताको क्रेडिट कार्ड एप्लिकेसन वा कुनैपनि भुक्तानी प्रमाणित गर्नका लागि सेल्फी मागिनेछ ।
भिजाको यो नयाँ प्लेटर्फमको प्रयोग ग्राहकले विभिन्न फरक फरक तरिकाले गर्न सक्नेछन् । यदि कोही व्यक्तिले स्मार्टफोनको माध्यमबाट क्रेडिट कार्डको लागि निवेदन दिएमा बैंक एपले ऊसँग सेल्फी खिचेर पठाउन वा ड्राइभिङ लाइसेन्स, पासपोर्ट आदिको फोटो खिचेर पठाउन भन्नेछ । प्रविधिको सहायताले बैंकले व्यक्तिको सेल्फी र पासपोर्ट आदिमा रहेको फोटोलाई तुलना गरेर हेर्नेछ र एउटै व्यक्ति भएको प्रमाणि भएसँगै निवेदन स्विकृत हुनेछ ।भुक्तानी प्रोसेसिङ सम्बन्धी विश्वकै ठूलो कम्पनी भिजा आइएनसीले एक यस्तो प्लेटर्फम लञ्च गर्दैछ जसमा बैंक क्रेडिट कार्ड एप्लिकेसन वा भुक्तानी प्रमाणिकरण गर्नका लागि प्रयोगकर्ताले पासवर्डको साटो फिंगरप्रिन्ट, अनुहारको तस्वीर, आवाज आदिको प्रयोग गर्न सकिनेछ ।

अनलाइन खरीदबिक्रिमा पनि सेल्फीले ठूलो भूमिका खेल्नेछ । पछिल्लो केही व्र्षदेखि चिप कार्डको चलन बढेसँगै प्रत्यक्ष खरीदका क्रममा हुने व्यक्तिगत ठगीका घटनामा कमी आएको छ । तर अनलाइन मार्फत हुने ठगी चिन्ताको विषय बनेको छ । भिजा कम्पनीका रिस्क एण्ड अथेन्टिकेसन प्रडक्ट्सका वरिष्ठ उपाध्यक्ष मार्क नेलसनका अनुसार हरेक ६ मा एक ट्रान्जेक्सन शंकास्पद गतिविधिका कारण रद्ध भैरहेका छन् ।

कुनै अनलाइन ट्रान्जेक्सनलाई लिएर शंकास्पद स्थितिमा बैंक कल सेन्टरले ग्राहकलाई आफै फोन डायल गर्नेछैन । यो नयाँ प्रविधिबाट ग्राहकले एप्पलको टच आइडी वा अन्य फिंगरपि्रन्ट पहिचान गर्नेवाला प्रविधिबाट आफ्नो फिंगरपि्रन्ट दिन सक्नेछन् वा सेल्फी लिएर अथेन्टिकेट गर्ने वा आवाजबाट समेत आफ्नो ट्रान्जेक्सनलाई प्रमाणित गर्न सक्नेछन् । आवाज रेकर्डिङमा ग्राहकले कुनै खास कुरा बोल्नुपर्ने हुन्छ ।

भिजासँग मिलेर यो नयाँ प्रविधिमा काम गरिरहेका कम्पनीहरुमध्येको एक डाओनका सिइओ टम गि्रसेनका अनुसार ग्राहकले आफै आफ्नो बायोमेटि्रक अथेन्टिकेसनको तह छनोट गर्न सक्नेछन् । आवाज, अनुहार, फिंगरपि्रन्टमध्ये जुनसुकै छनोट गर्ने विकल्प ग्राहकसँग रहनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment