Comments Add Comment

कांग्रेसले सार्वजनिक गर्‍यो १०४ उम्मेदवारको अन्तिम सूची

५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सबै उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।

कांग्रेसले गोरखा र सिन्धुपाल्चोकका दुई स्थानमा डा. बाबुराम भट्टराई र पशुपति समशेर राणालाई छाडेको छ । यस्तै भोजपुर, रसुवा, सिन्धुपाल्चोक, वैतडी र गोरखाका केही प्रदेशमा समेत नयाँ शक्ति, संघीय समाजवादी फोरम, राप्रपा, र राप्रपा प्रजातान्त्रिकसँग गठवन्धन गरेको छ ।
कांग्रेसले सार्वजनिक गरेको प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारका सूची यसप्रकार छ-प्रथम चरणमा निर्वाचन हुने प्रतिनिधि सभातर्फका ३७ सिटमध्ये कांग्रेसले ३५ सिटमा उम्मेदवारी दिएको छ । त्यस्तै प्रदेशसभा तर्फ ७४ सिटमध्ये ६९ सिटमा उम्मेदवारी दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी कांग्रेसका १०४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment