Comments Add Comment

ओखलढुंगामा कांग्रेस जिल्ला सभापति सुनुवारविरुद्ध तरुण दल अध्यक्ष वागी उम्मेदवार

५ कात्तिक, ओखलढुंगा । वामपन्थी गठबन्धनका कारण बिगतमा जस्तो बागीको समस्या नभोगेको नेपाली कांग्रेसले ओखलढुंगामा भने वागी उम्मेदवारको सामना गर्नु परेको छ । कांग्रेसका युवा नेता ज्ञानेन्द्र रुम्दाली वागी उम्मेदवार बनेका छन् ।

 

प्रदेशसभा ‘ख’मा पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मेवारी दिएका हुन् । अर्कै क्षेत्रका सुनुवार ‘ख’मा आएर उम्मेदवार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

रुम्दाली ०७४ को संविधानसभा चुनावमा पनि बागी उम्मेदवार भएर करीव ३ हजार मत ल्याएका थिए । रुम्दाली तरुण दल ओखलढुंगाका जिल्ला अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment