Comments Add Comment

मुगुमा एमालेलाई भोट नहाल्ने माओवादीको निर्णय

एमालेविरुद्ध तीनै सिटमा बागी उम्मेदवारी दर्ता

५ कात्तिक, मुगु । नेकपा माओवादी केन्द्र मुगु जिल्ला कमिटीले एमालेसँग गरिएको चुनावी तालमेल नमान्ने निर्णय गरेको छ । जिल्लामा रहेका माओवादीका नेताहरुले साझा वाम उम्मेदवारको विरोधमा आइतबार बेग्लै उम्मदेवारीसमेत दर्ता गरेका छन् ।

 

एमाले-माओवादी संयुक्त कार्यदलले मुगु जिल्लाको सेटै एमालेलाई दिने सहमति जनाएको थियो । सोही सहमतिअनुसार आइतबार प्रतिनिधिसभाका लागि एमालेका गोपाल बमले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेश (क) मा एमाले नेता दानसिंह परियार र प्रदेश (ख) मा पनि एमालेकै चन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।

तर, जिल्लामा सबै सिट एमालेलाई दिइएकोमा आपत्ति जनाउँदै माओवादी केन्द्रको मुगु जिल्ला कमिटीले यो निर्णय नमान्ने औपचारिक निर्णय नै गरेको केन्द्रीय नेता मंगलबहादुर शाहीले अनलाइनखबरलाई बताए ।

एमालेलाई जिल्लाका तीनै सिट दिइएकोमा विरोध गर्दै आइतबार माओवादी केन्द्रले आफ्नो तर्फबाट छुट्टै उम्मेदवारी दर्ता गरेको शाहीले बताए ।

माओवादीले मुगुबाट प्रतिनिधिसभामा सुरबहादुर बुढालाई उम्मेदवार बनाएको छ भने प्रदेश (क) मा सन्तोष मल्ल र (ख) मा मंगलबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

बागी उम्मेदवारी दिनुको कारणबारे बताउँदै शाहीले भने- ‘जिल्लामा जनयुद्धका ६४ सहीद छन् । दुईहजार जना सक्रिय पार्टी कार्यकर्ताहरु छन्, तर एउटा पनि सिट माओवादीलाई नदिइनु वाम एकताको भावना विपरीत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment