Comments Add Comment

नेपाललाई तेक्वान्दोमा ९ वटा स्वर्ण

५ कात्तिक, काठमाडौं । थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको छ ।

थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए ।

फाइनलमा अजितले पुरुष ४६ किलोतर्फ चीन, रेखमायाले महिला ६७ किलोमुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला ५३ किलोमुनितर्फ श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले जानकारी दिए ।

पुम्सेतर्फ नरमाया गुरुङ, जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिए । फाइनलमा नरमायाले १४ वर्षमुनिमा भारत, जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ किलोमुनितर्फ ओमानलाई हराएका थिए ।

फाइटमा मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दिपीसा गुरुङ, डेबिड थापा, कलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक जिते । फाइटमै अर्यान पौडेल, सागर बराल, ललित बुढामगर, दीपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिम्खडा, दीपम थकाली र रिेखमाया गुरुङले काश्य पदक जिते ।

सो च्याम्पियनसिपमा दक्षिण कोरिया, चीन, इन्डोनेसिया, म्यानमार, भारत, पाकिस्तान, मलेसियालगायत देशको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment