Comments Add Comment

योगेश भट्टराईसँग चुनावी मैदानमा ८ भाइ उत्रिए !

प्रदेश सभाका लागि ७ दलको उम्मेदवारी

५ कातिक, ताप्लेजुङ । प्रतिनिधिसभाका लागि ताप्लेजुङबाट उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति केशवप्रसाद दाहालसहित ८ जनासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनमा फुङ्लिङ नगरपालिकाको मेयर पदमा एमालेका छत्रपति प्याकुरेलसँग पराजित बनेका कांग्रेस उम्मेदवार दाहाल योगेशका मुख्य प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।

एमाले सचिवसमेत रहेका साझा वाम उम्मदेवार भट्टराईसँग माओवादी केन्द्रको समेत साथ छ ।

यद्यपि कांग्रेसका दाहाल एमाले उम्मेदवार भट्टराईका बलिया प्रतिस्पर्धी हुन् । फुङ्लिङ नगरपालिकाको निर्वाचनमा एमालेका छत्रपति प्याकुरेलसँग दाहाल २९२ मतान्तरले पराजित भएका थिए । दाहालले ३६०६ मत पाएका थिए भने विजयी प्याकुरेलले ३८९८ मत प्राप्त गरेका थिए ।

अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि उम्मेदवार बनेका दाहालले आˆनो जित सुनिश्चित भएको दाबी गरेका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अबको प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई जनताले न्याय गर्ने प्रतिकृया दिए ।

तपाईको प्रतिस्पर्धी त एमालेका केन्द्रीय सचिव हुनुहुन्छ नि, चुनाव लड्न गाह्रो हुँदैन ? सञ्चारकर्मीको प्रश्नमा दाहालले योगेश त सचिव मात्रै हो नि, म त सभापति नै हुँ भन्ने ठट्यौलो प्रतिक्रिया दिए ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशसभाको दुई सीट र प्रतिनिधिसभाको एक सिट बाम गठबन्धनले नै जित्ने दाबी गरे ।

आफूलाई गृहजिल्लाका मतदाताले योपटक अवसर दिएको र एमाले र माओवादी केन्द्रवीचको गठबन्धनले गर्दा पनि जित सुनिश्चित रहेको उनले दावी गरे ।

प्रतिनिधिसभामा ९ जना, प्रदेशमा ७ दलको उम्मेदवारी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट संख्या रहेको ताप्लेजुङमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसपटकको निर्वाचनमा ताप्लेजुङमा अधिकांश उम्मेदवार नयाँ अनुहारका देखिएका छन् । प्रदेश सभामा दुईजना महिलाको उम्मेदवारी परेको छ ।

जिल्ला अदालत ताप्लेजुङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि नै कर्मचारी मनोनयन दर्ताका लागि बसे पनि दलहरु करिब साढे १२ बजेमात्रै मनोनयन दर्ताका लागि पुगेका थिए ।

मनोनयन दर्ताका लागि नेपाली काँग्रेस जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा एमाले-माओवादी गठबन्धन भने नौमती बाजा र झाँकीसहित उम्मेदवारलाई लिएर नगर परिक्रमा गरिरहेको थियो ।

प्रदेश सभाका लागि ७ दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा उम्मेदवारहरुको सूची यस्तो छः

प्रतिनिधिसभा

१. वाम गठबन्धन- योगेश भट्टराई
२. कांग्रेस- केशवप्रसाद दाहाल
३. नयाँ शक्ति- चन्द्र सावा
४.संघीय समाजवादी फोरम- कुमार साम्यू
५. संघीय लिम्बुवान मञ्च- विष्णु याक्सो
६. राष्ट्रिय जनमुक्ति- आइतराज माबोहाङ
७. राप्रपा राष्ट्रवादी- डिल्ली विष्ट
८. मङ्गोल नेशनल अर्गनाइजेसन- छविन्द्र गुरुङ
९. स्वतन्त्र-डिल्ली प्रसाइर्ं

प्रदेशसभा (क)

१. वाम गठबन्धन – बलबहादुर साम्सोहाङ (एमाले)
२. कांग्रेस- लीला बोखिम
३. संघीय लिम्बुवान मञ्च- डीबी खुदाङ
४. राष्ट्रिय जनमुक्ति- बलबहादुर लिम्बू
५. राप्रपा राष्ट्रवादी- गायत्री थेवे
६. नयाँ शक्ति- मानबहादुर गुरुङ
७. संघीय समाजवादी फोरम- भक्तबहादुर एङ्देन

प्रदेशसभा (ख)

१. वाम गठबन्धन- टंक आङ्बुहाङ (माओवादी)
२. कांग्रेस- दीपेन्द्रकुमार सेन्दाङ
३. संघीय लिम्बुवान मञ्च- मुक्साम लाबुङ
४. राष्ट्रिय जनमुक्ति- यामकुमार आङ्बुहाङ
५. राप्रपा – सपना सामेखाम
६. नयाँ शक्ति- विशाल लिम्बु
७. संघीय समाजवादी फोरम- सुखविर लिम्बु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment