Comments Add Comment

चुनावी तस्वीरः रेखा थापादेखि पञ्चे बाजासम्म !

५ कात्तिक, काठमाडौं । आइतबार मनोनयन दर्ताको दिन नायिका रेखा थापासमेत माला लगाएर जुलुसमा प्रकट भइन् । काठमाडौंबाट सिन्धुपाल्चोक पुगेकी उनी आफैं चाँहि दोस्रो चरणमा मात्रै उम्मेवार बन्दैछिन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर दलबलका साथ काठमाडौंबाट उम्मेदवारी दर्ता गर्न पुगेका थिए । राप्रपा प्रजातान्त्रिककी नेतृ रेखा थापा पनि सोही दलबलमा मिसिएर सिन्धुपाल्चोक पुगेकी थिइन् । साथमा राप्रपा प्रजातान्त्रिकका मन्त्रीहरु सुनीलबहादुर थापा, दीपक बोहोरा, विक्रम पाण्डे समेत देखिन्थे ।

सिन्धुपाल्चोकमा कांग्रेस नेता मोहनबहादुर बस्नेत र राणा दुबैले मिलेर जिल्लाका दुई क्षेत्रमा उम्मेदवारी दिए ।

साथै माओवादी नेता अग्नि सापकोटा र एमाले नेता शेरबहादुर तामाङले पनि मनोनय दर्तापछि संयुक्त तस्वीर खिचाए ।

त्यसैगरी गोरखामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पञ्चेबाजाका साथ मनोनयन दर्ता गराए । उनका प्रतिद्वन्दी डा. बाबुराम भट्टराई पनि जुलुसका साथ मनोनयन दर्ता गर्न पुगेका थिए ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र उनका प्रतिस्पर्धी दलहरुले पनि जुलुसका साथ उम्मेदवारी दर्ता गरे ।

हेर्नुहाेस् केही चुनावी तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment