Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः बागीको झमेलामा वाम गठबन्धन

६ कात्तिक, काठमाडौं । सोमबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले उम्मेदवारी दर्ताको विषयलाई महत्त्वका साथ छापेका छन् । पत्रपत्रिकाहरुले मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता मनोनयन शान्तिपूर्ण रुपमा भएकोदेखि यसका विविध पाटा–पक्ष केलाएका छन् ।

उम्मेदवारी मनोनयका विभिन्न राेचक पक्ष केलाएका पत्रपत्रिकाहरुले वामगठबन्धन बागीको झमेलामा फसेको लेखेका छन् । रामेछाप, मनाङ, दोलखा, जाजरकोट, ओखलढुंगालगायतका जिल्लामा वामगठबन्धनभित्रबाट बागी उम्मेदवार खडा भएका हुन् ।

हेभिवेटको रोचक चुनावी प्रतिष्पर्धालाई पनि पत्रपत्रिकाहरुले आज लेखेका छन् ।

गोरखापत्र दैनिकले आज ‘पहिलो चरणको चुनावः ३२ जिल्लामा उम्मेदवारी दर्ता’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । हेभिवेटबीचको भीडन्तले बढ्यो चुनावी गर्मीलाई पनि गोरखापत्रले लेखेको छ । इजलास गठनपछि गाउँसम्मै पुग्यो न्यायलाई गोरखापत्रले एंकर बनाएको छ ।

उम्मेदवारी मनोनयनको विषयलाई मुख्य समाचार बनाएर छापेको कान्तिपुर दैनिकले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने खबरलाई पनि महत्त्वका साथ पहिलो पृष्ठमा छापेको छ । त्यस्तै गोरखाको चुनावी प्रतिष्पर्धालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

नयाँ पत्रिका दैनिकले उम्मेदवार मनोनयनका विभिन्न पाटापक्ष केलाएको छ । हत्यारालाई बाचुन्जेल जेललाई पनि नयाँ पत्रिकाले आज लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment