Comments Add Comment

सिट बाँडफाँटको तयारीमा संघीय फोरम र राजपा

फोरमसँग टुंगो लगाएर कांग्रेससँग छलफल गर्छौंः राय

६ कात्तिक, काठमाडौं । तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमति गरेका संघीय समाजवादी फोरम र राजपाले सिट बाँडफाँटकाे टुंगो लगाउने तयारी गरेका छन् । राजपासँग आज तालमेललाई टुंगो लगाएर कांग्रेससँग छलफल चलाउने नेता राम नरेश रायले बताए ।

उनले भने, ‘राजपासँग आज टुंगो लाग्छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलमा हिजो पनि छलफल भएको थियो, आज बिहान पनि शीर्ष नेताहरुसहित सिट बाँडफाट लगायत विषयमा छलफल चलिरहेको छ ।’

उनले फोरमसँग तालमेल टुंगो लागेपछि नेपाली कांग्रेससँग तालमेलका लागि छलफल चलाउने बताए । फोरम र राजपाबीच एलाइन्स आज क्लियर हुनेछ । त्यसपछि कांग्रेस नेतृत्वको डेमोक्रेटिक एलाइन्ससँग वार्तामा बस्छौं ।’

राजपा र फोरमले कांग्रेससँग ५५ सिट प्रतिनिधिसभामा माग गरेको रायले जानकारी दिए । उनले भने, ‘यो हाम्रो प्रस्तावमात्र हो । त्यसमा छलफल हुन्छ र एउटा टुंगोमा पुग्छौं ।’

तालमेल गर्नुअघि सांगठनिक आधार, प्रदेश २ को निर्वाचन परिणाम, उम्मेदवारको व्यक्तित्व र निर्वाचन क्षेत्रमा उठ्ने पार्टीको प्रभावलगायतको आधार हेरिने र त्यसपछि सिटको बाँडफाँट हुने उनको भनाइ छ ।

वाम गठवन्धनले लोकतन्त्र धरापमा परेको भन्दै उनले लोकतन्त्र जोगाउन कांग्रेससँग गठवन्धन आवश्यक रहेको रायले बताए ।

नेपाली कांग्रेसका नेता एवम् कृषिमन्त्री रामकृष्ण यादवले राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलका लागि छलफल चलिरहेको बताए । उनले भने, ‘तालमेल हुने धेरै सम्भावना छ त्यसका लागि गृहकार्य भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment