Comments Add Comment

सिरहाको बन्दीपुरमा घाटी रेटी बालकको हत्या

६ कात्तिक, सिराह । सिरहाको कर्जन्हा नगरपालिकाबाट तीन दिन अघि बेपत्ता भएका बालकको घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरका कसुम यादबका १३ वर्षीय छोरा भबेश यादवको कमला नदी किनारमा रहेको नर्सरीमा घाँटी रेटी हत्या हत्या भएको हो ।

यादवको टाउको भन्दा तलको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

शवको प्रकृति हेदा ३ गते नै हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बालकको शव पोष्ट मार्टमका लागि लहान ल्याइएकेा छ ।

धनुषाको हतमुन्डा निवासी यादव ६ महिना अगाडि मात्रै बसाइ सरी सिरहा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment