Comments Add Comment

अब फेसबुक मेसेन्जरको सहायताले पे–पलबाट रकम पठाउन सकिने


अनलाइन पेमेन्ट गेटवे पेपलले अमेरिकी फेसबुक प्रयोगकर्ताहरुलाई फेसबुक मेसेन्जरको माध्यमबाट रकम पठाउने सुविधा प्रदान गर्न सुरु गरेको छ ।

यसका लागि प्रयोगकर्ताले आफ्नो पे–पल अकाउन्टलाई फेसबुक मेसेन्जरसँग आबद्ध गर्नुपर्नेछ ।

पियर टू पियर पेमेन्टको मामिलामा २४ अर्ब डलर ट्रान्जेक्सनसहित पे–पल नम्बर वान अनलाइन पेमेन्ट गेटवेको रुपमा रहेको छ ।

अब प्रयोगकर्ताले फेसबुक मेसेन्जरबाट पनि अनलाइन पेमेन्ट गर्न सक्नेछन् । गत वर्ष यस्तो प्रणालीका लागि पेपलले गत वर्ष फेसबुकसँग सम्झौता गरेको थियो र बल्ल आएर यो सेवा सुरु गरेको छ । हाल यो सेवाबाट २५ लाख अमेरिकी फेसबुक प्रयोगकर्ता लाभान्वित हुनेछन् ।

फेसबुक मेसेन्जर एपमा पेमेन्ट बटन थप गरिएको छ । यसको माध्यमबाट प्रयोगकर्ताले एकपटकमा एकजना वा धेरैजना मानिसलाई पैसा पठाउन सक्नेछन् ।

पे-पलका सिओओ बिल रेडीका अनुसार पे-पललाई फेसबुक मेसेन्जरमा लगेसँगै अब मेसेन्जरका लागि पहिलो पे पल कस्टमर सर्भिस बट पनि सुरु गरिँदैछ । यसबाट पे-पलले सजिलैसँग भुक्तानी प्राप्त गर्ने तथा भुक्तानी प्रदान गर्न सक्नेछ । साथै उक्त बटले अकाउन्टलाई सपोर्ट पनि गर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment