Comments Add Comment

टिम चित्त नवुझेर ‘अनुराग’ छाडेँ: पल शाह


अहिले एक-दुइवटा चलचित्र हिट हुने वित्तिकै कलाकारले चर्को पारिश्रमिक डिमाण्ड गर्ने लहर नै चलेको छ । चलचित्र किन र के कारणले चल्यो भन्ने विश्लेषण गर्नुभन्दा पनि चलचित्र हिट भएपछि आफू सुपरस्टार भएको सोच केही कलाकारमा पलाउन थालेको छ । जसकाकारणले पनि अब, कलाकारलाई चलचित्रमा अनुवन्धन गर्न निर्मातालाई त्यती सजिलो भने छैन ।

नायक पल शाहले पनि ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि आफ्नो पारिश्रमिक चर्को डिमाण्ड गर्न थालेका छन् । एलिजा गौतमको मुख्य भूमिका र निर्माणमा बन्न लागेको चलचित्र ‘अनुराग’का लागि पनि उनले १८ लाख पारिश्रमिक मागेको चर्चा भयो । चलचित्रमा उनी काम गर्न तयार पनि भए र केही समयमै चलचित्र छाडेको पनि बताए ।

पलले चलचित्र छाडेपछि अहिले निर्देशक सत्यराज चौलागाइले समुन्द्र पण्डितलाई मुख्य नायकको रुपमा अनुवन्धित गरिसकेका छन् । चलचित्र छाड्नुको कारण के त, पलले भने-‘कथा चलचित्रको राम्रो छ । तर, उक्त कथा अनुसार चलचित्र बन्छ भन्नेमा म ढुक्क नै भइनँ ।’ पलले आफूलाई टिम पनि चित्त नवुझेको बताए । पारिश्रमिकको बिषयमा पलले भने-‘मैले मागे जति नै पारिश्रमिक पाएको थिएँ । तर, पैसा मात्र सबैथोक होइन रहेछ । मलाई चलचित्रको कथा अनुसार बन्छ भन्ने नै विश्वास भएनँ ।’

चलचित्रको कथा अनुसार चलचित्र बन्दैन भनेर तर्क गर्ने पलको भनाई तपाइलाई कस्तो लाग्यो ? कृपया प्रतिक्रिया दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment