Comments Add Comment

भिडियो प्रमोशनमा लागि नेपालमा अंकित तिवारी


बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आज चितवनमा आयोजना हुन लागेको कन्सर्टमा सहभागी हुन नेपाल आइपुगेका छन् । उनी, आइतबार दिउँसो नेपाल आएका हुन् ।

आज चितवनको क्याम्पाचौरमा उनको भव्य कन्सर्ट हुँदैछ । उनी, आफ्नो नयाँ म्यूजिक भिडियो ‘तुम हर दफा’को प्रमोशनका लागि नेपाल आएका हुन् । कन्सर्टमा नेपाली चलचित्र ‘रोमियो’का कलाकारको पनि विशेष प्रस्तुती रहनेछ ।

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्रको निर्माता तथा नायक हसनराजा खान अंकितलाई स्वागत गर्न त्रिभुवन विमानस्थल नै पुगेका थिए । ज्याजी इन्टरटेन्मेन्ट र नविन उपाध्यायको आयोजनामा यो कन्सर्ट हुन लागेको हो । अंकितले गाएका थुप्रै गीतहरुले बलिउडमा हंगामा मच्चाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment