Comments Add Comment

आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन कार्यालयको आग्रह

६ कात्तिक, गोरखा । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता भएसँगै गोरखामा चुनावी माहोल तातेको छ । मनोनयन दर्ता सँगै उमेदवारहरु चुनावी प्रचार प्रसारको तयारीमा जुट्न थालेका छन् ।

निर्वाचन अवधिभर आचारसंहिता पूर्ण रुपमा पालना गर्न दलहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान भएको सर्वपक्षीय छलफलमा आचारसंहिताको बारेमा जानकारी गराउँदै यसको पूर्ण रुपमा पालना गर्न दलहरुलाई आग्रह गरिएको छ ।

निर्वाचनको समयमा अस्वस्थ्य प्रतिस्पर्धा हुने तथा बिकृति बढ्दै गएको भन्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले आचारसंहिता पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे । छलफलमा अनावश्यक दवावमा नआउन दलहरुले प्रशासनलाई सुझावसमेत दिएका छन् ।

पार्टीको अामसभा र प्रचार प्रसार नजुधाउनुस्ः प्रजिअ बस्नेत

निर्वाचनको अवधिभर अनावश्यक हुलहुज्जत गर्नै जो कोहीलाइ पनि कारवाही हुने गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेतले बताएका छन् । निर्वाचन आचार संहिताको बारेमा दलहरुसँग भएको छलफलमा बोल्दै प्रजिअ बस्नेतले त्यस्ता क्रियाकलापमा संलग्न हुने जुन सुकै पार्टीका कार्यकर्ता भएपनि कारवाही गरिने बताए ।

सुरक्षाको दृष्टिकोणले गोरखा संवेदनशील रहेको बताउँदै प्रजिअ बस्नेतले सुरक्षा व्यवस्थामा कडाइ गरिने बताए ।

‘छिमेकी जिल्ला चितवन र तनहुँमा दोस्रो चरणमा निर्वाचन हुने भएकाले चुनावको समयमा त्यहाका बिभिन्न खाले मान्छे गोरखा आउँछन्, त्यसलाइ मध्यनजर गर्दै हामीले नाकामा चेकजाँचमा कडाइ गर्नेछौं ।’

निर्वाचनमा हुने अस्वस्थ्य प्रतिस्पर्धा तथा भौगोलिक बिकटताका कारण पनि गोरखा सुरक्षाको हिसावले सम्वेदनशील मानिएको उनले बताए ।

चुनावलाइ शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गराउन सबै दलहरुलाई प्रजिअ बस्नेतले आग्रह गरे ।

पार्टीको आमसभा र चुनाव प्रसारपसारको कार्यक्रमलाइ नजुधाउन पनि उनले सुझाव दिएका छन् । एक हप्ता अघि नै आˆनो कार्यक्रम बारे प्रशासनलाइ जानकारी गराए सुरक्षा व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।

२१३ मतादान स्थल रहेको गोरखामा सुरक्षाको दृष्टिकोणले ६८ स्थल अति सम्वेदनशील, १३३ सम्वेदनशील र १२ सामान्य रहेको प्रजिअ बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment