Comments Add Comment

ससुराको कुटाइबाट शोभा गम्भीर घाइते

६,कात्तिक,लहान । सिरहाको अर्नमा गाउँपालिका-१ महनौर बुढियाचापमा आफ्नै ससुराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी छन् ।

गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबक महराले छोरा अजय महराकै अगाडि महरालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

ससुरोको कुटाइबाट शोभाको टाउको,अनुहार, आँखा, टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ ।

ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् ।

मरणसन्न हुने गरी कुटपिट गरेपनि श्रीमानले समेत नछुट्याएको र उपचारका लागि समेत नलगेको महराले बताइन । आमा बाबुका दबाबका कारणले श्रीमान्ले उपचारका लागि नलगेको उनको भनाइ छ ।

छोरीलाई मरणसन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो ।
बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् ।

श्रीमान् विदेशमा हुँदा ससुराले विभिन्न कारणले पटकपटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताइन् ।

ससुराले श्रीमान बैदेशिक रोजगारीमा गएका बेला शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपिट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

यता इलाका प्रहरी कार्यलय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले पीडितको जाहेरी नआउदा उनीहरु दैनिक तारिकमा छुटेकोे बताए ।

घटनामा संलग्नलाई राम सेवक यादब र उनका छोरालाई कार्बाहीका लागि पीडितले जाहेरी दिए तत्काल मुद्धा दर्ता गर्ने उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment