Comments Add Comment

राप्रपाका अध्यक्ष थापा मकवानपुर-१ र महामन्त्री लिङ्देन झापा-३ बाट चुनाव लड्ने

फाइल फोटो

६ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

मकवानपुर-१ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–१ मा उपाध्यक्ष राजीव पराजुली, झापा-३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख-१ मा कुन्तीकुमारी शाही र काठमाडौँ-७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुहुने उक्त पार्टीले जनाएको छ ।

आगामी मंसिर-२१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

प्रदेशसभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ ।

पार्टीले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment