Comments Add Comment

केकीले गरिन् ‘कोहलपुर एक्सप्रेस’को घोषणा, फिल्मले ३ यूवतीको कथा भन्ने


नायिका केकी अधिकारीले चलचित्र वुझेदेखि नै चलचित्र निर्माणको सपना देखेकी थिइन् । उनले, सोमबार चलचित्र ‘कोहलपुर एक्सप्रेस’को घोषणा गर्दै सानैदेखि वुनेको एउटा सपना पुरा गरेकी छिन् । केकी अधिकारीको होम प्रोडक्शन जुनकिरी आर्टस्बाट निर्माण हुन लागेको चलचित्रको सोमबार घोषणा गरियो । कात्तिक १३ गतेबाट यो चलचित्रको छायांकन बाँकेमा गरिनेछ ।

चलचित्रलाई म्यूजिक भिडियो निर्देशनमा जम्दै गरेका विशाल भण्डारीले निर्देशन गर्दैछन् । चलचित्रमा केकी अधिकारीको अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

केकीले पत्रकार सम्मेलनमा भनिन्-‘यो मेरो सपनाको चलचित्र हो । एउटा राम्रो चलचित्र दर्शकमाझ लिएर आउने अठोटका साथ निर्माणमा हात हाल्दैछु । चलचित्रले तिन यूवतीको कथा भन्नेछ ।’ चलचित्रमा केकीको साथमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी रहनेछ । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, गम्भिर बिष्टको नृत्य यो चलचित्रमा रहनेछ । पत्रकार सम्मेलनमा नायिका प्रियंका कार्की, निर्मात्री केकी अधिकारी लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment