Comments Add Comment

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसालले आज कार्यभार सम्हाल्दै

भन्छन्- शुरुमा कर्मचारीसँग ब्रिफिङ लिन्छु अनि काम अघि बढाउँछु

७ कात्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सीईओ युवराज भुसालले मंगलबार कार्यभार सम्हाल्दैछन् । पूर्वसचिव भुसाललाई सरकारले सोमबार प्राधिकरणको सीईओ नियुक्त गरेको थियो ।

सीईओ भुसालले शुरुमा कर्मचारीहरुबाट ब्रिफिङ लिने र त्यसपछि योजना बनाएर काम शुरु गर्ने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘ठ्याक्कै यहीँबाट काम शुरु गर्छु भन्ने त छैन पहिले ब्रिफिङ लिएर अघि बढ्छु ।’

सबै पीडितलाई नयाँ घरमा बसाल्ने कामलाई पहिलो प्राथमिकता दिने उनले बताएका छन् । साथसाथै क्षतिग्रस्त ऐतिहासिक पुरातात्विक संरचनाको पुनर्निर्माणलाई पनि तिव्रता दिने उनको योजना छ ।

 

०७२ बैशाखको गोरखा भूकम्पले क्षति पुर्‍याएका संरचना निर्माण गर्न गठन भएको प्राधिकरणमा हालसम्म चारपटक सीईओ परिवर्तन भइसकेका छन् । तर पीडितको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । प्राधिकरण राजनीतिक चलखेल गर्ने थलो बनेकाले भूकम्प पीडितहरु अझैसम्म पनि टहरोमै बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment