Comments Add Comment

झापामा डेंगुबाट एकको मृत्यु,३४१ सङ्क्रमित

८ कात्तिक, झापा । झापामा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अर्जुनधारा-७, डाँडागाउँकी ३७ वर्षीया सुनिता बरालको मृत्यु भएको हो ।

सुनिता गत कात्तिक ५ गते बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी थिइन् ।

त्यहाँबाट थप उपचारका लागि भोलिपल्ट नोबेल मेडिकल कलेज, बिराटनगरमा रेफर गरिएको थियो ।

उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

कार्यालयका अनुसार अहिलेसम्म झापामा ३४१ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । ‘यो तथ्याङ्क दुई दिनअघिको हो’, उनले पौडेलले भने, ‘डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment