Comments Add Comment

भिलेनले चर्चा पाएको ‘ऐश्वर्य, कति सुहाउला केकी र रमेशको जोडी ?


नेपाली चलचित्रमा लामा समयपछि एक भिलेनको कथा धेरै लेखिएका छन् । मिडियामा नायकको भन्दा बढी फिचर भिलेनको कोरिएका छन् । कात्तिक ९ अर्थात भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘ऐश्वर्य’का मुख्य खलपात्र प्रशान्त ताम्राकारको चर्चा खुबै छ ।  उनको लुक्स, अभिनय र संवादको स्टाइलले यतिबेला मिडिया र दर्शकको ध्यान खिचेको छ । केही चलचित्रमा अभिनय गरेका प्रशान्तले पहिलो पटक यो चलचित्रबाट हाइप पाएका छन् ।

नायक रमेश उप्रेतीले पनि एउटा छुट्टै माहोल सिर्जना गरेका छन् । रमेशको यो चलचित्र कमब्याक नै हो । रमेश केही बर्ष अमेरिका बसेर नेपाल आएपछि यो चलचित्र निर्माण गरेका हुन् । उनले, चलचित्रको उच्च मेकिङ, गीतसंगीत र कथावस्तुका कारण पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

हुनत, यो चलचित्रमा रमेश र नव–नायिका दीपिका प्रसाइको जोडीको चर्चा बढी छ । तर, चलचित्रमा नायिका केकी अधिकारीको पनि मुख्य भूमिका छ । रमेशको जोडी केकी र दीपिकामध्ये कोसँग बढी सुहाउला, भोली चलचित्र रिलिज भएपछि थाहा हुनेछ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रले आक्रामक व्यापार गर्ने धेरैको टिप्पणी छ ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment