Comments Add Comment

एभरेष्ट प्रिमियर लिगको प्रायोजन टिभिएसले गर्ने


७ कात्तिक, काठमाडौं । विश्वको प्रमुख २ पाङ्ग्रे तथा ३ पाङ्ग्रे सवारी साधन उत्पादकमध्ये एक टिभिएस कम्पनीले नेपालको एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई प्रायोजन गरेको छ ।

काठमाडौमा भएको एक समारोहमा टिभिएसको वितरक जगदम्बा मोटर्स प्रालि र एभरेष्ट पि्रमीयर लिगले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विश्वमै प्रख्यात खेलहरुमध्ये एक क्रिकेट नेपालमा पनि प्रख्यात हुँदै गइरहेको परिप्रेक्ष्यमा देशकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगीतामा प्रमुख प्रायोजन गरी सम्पुर्ण क्रिकेटको समृद्धिलाई टेवा पुर्‍याउन पाउँदा गौरव महशुश भएको कम्पनीले जनाएको छ ।

‘क्रिकेट खेलले मेहनत, प्रतिवद्धता र उत्कृष्टतालाई प्रतिविम्वित गर्छ, त्यसैगरी टिभिएस मोटर कम्पनीले पनि गर्छ । नेपालको प्रख्यात क्रिकेट प्रतियोगीता एभरेष्ट पि्रमियर लिगसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुसी भएका छौँ ।’ कम्पनीले भनेको छ ।

‘यसले नेपाली क्रिकेट पे्रमी युवायुवतीबीच क्रिकेट खेललाई लोकपि्रय बनाउन यो सहकार्यले ठुलो भूमिका निर्वाह गर्नेछ । युवा खेलाडी तथा क्रिकेट प्रेमीहरुलाई यो प्रतियोगीताले अझै सहयोग गर्नेछ,’ जगदम्बा मोटर्सका प्रमुख निर्देशक शाहिल अग्रवालले भने ।

एभरेष्ट पि्रमियर लिग आफ्नो सुरुवाती दिनदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रेमीहरुको ध्यान खिच्दै आइरहनुका साथै व्यावसायिक संघ संस्थाहरुको आफ्नो वस्तुको बजारीकरण गर्ने माध्यम बन्दै गएको छ ।

‘टिभिएस मोटर कम्पनी, एभरेष्ट प्रिमियर लिगजस्तो प्रख्यातक्रिकेट प्रतियोगीताको प्रमुख प्रायोजक हुन पाउँदा अत्यन्त गौरव महसुस गरेका छौँ । विश्वास छ यो सहकार्यले एभरेष्ट पि्रमीयर लिगको प्रवर्द्धन, कद र मागलाई उच्च स्थानमा पुर्‍याउने छ,’ एभरेष्ट पि्रमीयर लिगका प्रमुख निर्देशक आमिर अख्तरले भने ।

पुस ४ देपिख काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट पि्रमीयर लिग राउन्ड रोबिन लिगको ढाँचामा सञ्चालन हुनेछ । १२ दिनसम्मचल्ने उक्त प्रतियोगीतामा ६ समुहले १९ प्रतिस्पर्धा गर्नेछन् ।

उक्त क्रिकेट प्रतियोगीताको कुल पुरस्कार राशी २१ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment