Comments Add Comment

ऋतिकले फिल्म छाड्दा साहिदलाई फाइदा


नायक ऋतिक रोशनले एक चलचित्रमा काम गर्न नभ्याउँदा त्यसको फाइदा अर्का नायक साहिद कपुरलाई हुने देखिएको छ । निर्देशक ओमप्रकाश मेहराले निर्देशन गर्न लागेको एक चलचित्रका लागि ऋतिकलाई अफर गरिएको थियो । ऋतिक र यसको निर्माण टिमविच लामो समय छलफल पनि भएको थियो ।

तर, ऋतिकले यो चलचित्रका लागि २ बर्ष समय दिन नसक्ने बताएर नयाँ स्टार लिन आग्रह गरे । कबड्डी खेलको बिषयमा बन्न लागेको यो चलचित्रमा ऋतिकले काम गर्न नसक्ने भएपछि अहिले नायक साहिद कपुरलाई लिएर यो चलचित्र बनाउने तयारीमा निर्देशक मेहरा जुटेका छन् ।

ऋतिकले यो चलचित्र छाडेको खबर पाएपछि साहिद आफैले निर्देशकलाई फोन गरेर चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेका थिए । साहिद आफैमा पनि एउटा राम्रो कलाकार हुन् । यसैले पनि साहिदलाई लिएर काम गर्न राकेश तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment