Comments Add Comment

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो, १२ जनाको सनाखत


११ कात्तिक, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाकाे मृत्यु भए पनि  पहिचान नखुलेको अनलाइनखबरलाई जानकारी दिए ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो ।

घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए ।

प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

मृत्यु भएका १९ जना मध्ये यो समाचार तयार पार्दासम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना र्इण्डियाकाे बिहारका रहेको प्रहरीले जानकारी दिएको छ ।

हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली :

नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा -सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्द्ररेखा प्रमणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्द्रावती झा – सप्तरी

 दुर्घटनाका घाइतेहरुकाे नामावली

अमन ठाकुर – राजबिराज न पा. – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२
उद्द्ब ठाकुर – – राजबिराज न पा . -२
दिवस कान्त पन्डित – सिराह भगवानपुर -१
दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९
दुर्गा नन्द यादब – राजबिराज न पा . -९
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार – सप्तरी राजविराज
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment