Comments Add Comment

बक्स अफिसमा रेखाको ‘असफल ह्याट्रिक’ ?


कुनै समय नायिका रेखा थापालाई बक्स अफिसकी ‘क्विन’ नै भनिन्थ्यो । रेखालाई चलचित्रमा राखेपछि बक्स अफिसमा टिकटको लामो लाइन हुन्थ्यो । अझ, रेखा र नायक आर्यन सिग्देल एकसाथ चलचित्र देखिए भने त निर्माताले पैसा बोरामा लान्थे ।

तर, अब समय फेरिएको छ । बक्स अफिसमा नायिका रेखा थापा निरन्तर कमजोर बनेकी छिन् । सिंगल स्त्रिmनका दर्शकले पनि विस्तारै मल्टिप्लेक्स हलमा टिकट काट्न थाल्नु, दर्शकले चलचित्रमा फरक स्वाद खोज्नु, नयाँ नयाँ नायक-नायिकाका हालिमुहाली चलचित्रमा बढ्नु, मल्टिप्लेक्समा जति गर्दा पनि रेखाले उपस्थिती जनाउन नसक्नु आदि कारणले उनको क्रेज घट्यो ।

कुनै समय बक्स अफिसमा सफलताको झण्डा गाडेकी रेखा अन्ततः बक्स अफिसमा असफलताको ह्याट्रिक गर्न वाध्य छिन् । रेखा थापा अभिनित ३ चलचित्र निरन्तर बक्स अफिसमा असफल भए । चैत्रमा रिलिज भएको ‘पलाँस’, जेठमा रिलिज भएको ‘डायरी’ र लक्ष्मीपूजाको दिनबाट रिलिज भएको चलचित्र ‘रुद्रप्रिया’ बक्स अफिसमा असफल भए ।

बाहिरी ब्यानरका चलचित्र नचलेपनि रेखालाई आफ्नै ब्यानरका चलचित्रले भने सधै सफलता दिलाउँदै आएका थिए । तर, यसपटक रेखाको सो अस्त्रले पनि काम गरेन । यसैले, अब कतै रेखाले आफ्नो भूमिकालाई परिवर्तन गर्नु पर्ने दिन आएको त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment