Comments Add Comment

अजय बने ४ हलका मालिक, २ सय हल संचालन गर्ने तयारी

बलिउड नायक अजय देवगण अहिले आफू अभिनित चलचित्र ‘गोलमाल अगेन’को सफलतामा रमाइरहेका छन् । यो बर्षकै सर्वाधिक कमाउने चलचित्रको सूचीमा आफ्नो नाम लेखाइसकेको यो चलचित्रलाई लिएर अजय निकै खुशी छन् । उनै, अजयले नयाँ व्यवसाय समेत सुरु गरेको बताएका छन् ।

एक चर्चित बलिउड अनलाइनसँग कुरा गर्दै उनले ४ वटा हल संचालनमा ल्याएको बताएका छन् । अजयका अनुसार उनले भारतको यूपीमा ४ वटा बन्द भएका हल संचालनमा ल्याएका छन् । उनले, अबको ३ महिना भित्र अन्य २ सय हल संचालन गर्ने समेत बताएका छन् ।

अजयले भने-‘यूपीमा ८ सय हल बन्द भएका छन् । मानिसहरु चलचित्र हेर्नका लागि ८० किमी टाढासम्म जानुपर्छ । यहाँ १२ लाख भन्दा बढी जनसंख्या छ । यसैले, मैले यूपीमा २ सय हल संचालन गर्ने तयारी गरेको हुँ । अहिले ४ वटै हलमा ‘गोलमाल अगेन’ रिलिज भैरहेको छ ।’

साना-साना राज्यमा समेत हल हुँदा चिनमा चलचित्रले आक्रामक कमाई गर्ने गरेको अजयको वुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment