Comments Add Comment

नेपाल आयो स्याङ्योङको ‘न्यु टिभोलि’

१२ कार्तिक, काठमाडौं। स्याङ्योङ मोटरको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले नयाँ स्याङ्योङ टिभोलि गाडी नेपाली बजारमा भित्र्याएको छ ।

यो गाडी नेपाली बजारमा दुई वटा विकल्पका साथ प्रस्तुत गरिएको छ । अटोमेटिक गियर बक्स सुविधा भएको स्याङ्योङ टिभोलि गाडीको बजार मूल्य ६५ लाख ९९ हजार रुपैयाा रहेको छ भने म्यानुअल सेमिलोडेड गाडीको बजार मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।

“स्याङ्योङ ६५ प्रतिशतच बाइब्याक ग्यारेन्टि एण्ड जिरो सर्भिस कस्ट अफर” अर्थात् मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क योजनालाई कम्पनीले अगाडि सारेको छ ।

यो अफर अन्तर्गत इन्जिन आयल, कूलेन्ट, ब्रेक प्याड (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्ने छ । यसका अतिरिक्त प्रस्तुत योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम ४० हजार किमिसम्मको वारेन्टि पनि समावेश गरिएको छ ।

नयाँ स्याङ्योङ टिभोलि गाडीमा विभिन्न उपयोगी विशेषता एवं आकर्षक “बम्पर शो गि्रल”, “रेडिएटर शो ग्ाि्रल” सुधारिएको फगल्याम्प तथा गाडी भित्रको आकर्षक डिजाइन विद्यमान छन् ।

यसका अतिरिक्त स्पोर्ट युटिलिटि भेइकल (एसयूभी)मा दिउँसो बत्ति बाल्नको लागि एलइडि डे रनिङ्ग ल्याम्प, फ्रन्ट  फगल्याम्प, नवीनतम एलइडि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु पनिरहेका छन् ।


यसका अतिरिक्त स्याङ्योङ टिभोलि गाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम, इलेक्टि्रक ब्रेक-फोर्स डिस्ट्रयुव्युसनको साथ एन्टि-लक ब्रेक, सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड प|mन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डेटाईम रनिङ्ग ल्याम्प जस्ता विशेषताहरुले स्पोर्ट युटिलिटि भेइकल नेपालको वर्तमान सडक अवस्था अनुरुप सुरक्षित एवं उपयोगी छ ।

यसमा भएको इ-एक्सजीआई१६० इन्जिनले दुबै मोटरेवल बाटोमा होस् या शहरी बाटो । जहाँ पनि आवाज, कम्पन र कडापनको महशुस नै हुन दिँदैन । स्याङ्योङ कोरियाको लक्जरी स्पोर्ट युटिलिटि भेइकल ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरु मध्येको चौथो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment