Comments Add Comment

मतपत्र छपाईबारे निर्वाचन आयोगले सर्वोच्चमा जवाफ दिँदै

अदालतको सम्मान गर्दै जवाफ तयार पारेका छौंः प्रवक्ता ढकाल

१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा प्रयोग हुने मतपत्रबारे आज सर्वोच्च अदालतमा जवाफ पेश गर्दै छ ।

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष सर्वेन्द्र नाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था हुनुपर्ने मागसहित हालेको रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले आयोगसँग तीन दिनभित्र जवाफ मागेको थियो । सर्वोच्चले मतपत्र छपाइबारे जवाफ मागेसँगै आयोगले अदालतको सम्मान गर्दै जवाफ पेश गर्न लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सर्वोच्च अदालतको सम्मान गर्दै आदेशको मर्म र भावनाअनुसार आज जवाफ पेश गर्न लागिएको जानकारी दिए । ढकालले अनलाइनखबरसँग भने, ‘सर्वोच्च अदालतको सम्मान गर्दै हामीले जवाफ तयार पारेका छौं ।’

जवाफ पेश गर्नुअघि आयोगले आइतबार महान्यायाधीवक्ता लगायतसँग परामर्श गरेको थियो ।

मतपत्र छपाइबारे विवाद बढेसँगै निर्वाचन नै प्रभावित हुने अडकलबाजी भइरहेका बेला आयोगले अलग-अलग मतपत्र छाप्ने तयारी गरेपछि निर्वाचन सर्ने आशंका कमजोर बनेको छ ।

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन यही मंसिर १० गते हुँदैछ भने दोस्रो चरणको निर्वाचन मंसिर २१ का लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment