१३ कात्तिक, काठमाडौं । सिप्रदी टे्रडिङले विगत एक वर्षमा ८ सय भन्दा बढी ‘टाटा टियागो’ बिक्री गरेको छ । हरेक महिना टियागो बिक्री संख्या उल्लेखनिय रुपमा बढिरहको कम्पनीले जनाएको छ ।
टाटाका गाडीहरुको नेपालस्थित एक मात्र आधिकारीक बिक्रेता सिप्रदिका अनुसार टियागोलाई नेपाली ग्राहकले अत्यधिक रुचाएका छन् ।
कम मूल्यमा अधिकम विशेषता
टाटाका कारहरु खरिद गर्दा पैसाको साच्चै नै अधिकतम उपयोग हुन्छ । टाटा टियागोले यसलाई एक कदम अगाडि बढाएको छ । यो हयाच ब्याक पि्रमियम देखिन्छ तथापि पेट्रोल भर्जनको मूल्य रु २२ लाख ५५ हजार रुपैयाँबाट शुरु हुन्छ । टियागोले उक्त मूल्यमा धेरै विशेषताहरु प्रदान गर्दछ ।
यसमा भएको कनेक्ट नेक्स्ट नेभिगेशन र आठ स्पीकर सिस्टमसहितको इन्फोटेन्मन्ट जस्ता विशेषताहरु त्यस्तै खालका गाडीहरुमा पाईँदैन ।
यो गाडीमा जडीत मल्टी ड्राइभको सुविधा केबल अरु उच्च दर्जाका गाडीमा मात्र पाइन्छ । यसैगरी टियागो २४० लिटरको सबैभन्दा बढी क्षमता भएको बुट स्पेशले पनि सम्पन्न छ ।
आकर्षक स्टाइलिङ (डिजाईन)
टियागो स्वरुप यति आकर्षक छ कि यसले ग्राहकवर्गको मनलाई जितेको छ । यस गाडीको रियर स्पोइलर, ठूलो हेडल्याम्प एवम् पछाडीको ल्याम्पमा ब्ल्याक एसेन्टको अतुलनीय विशेषता छ ।
स्पोटी एवं क्लासीपनि देखिने टियागोको प्रमुख लक्षित गाहकवर्ग युवाहरु हुन्।
न्युनतम इन्धन खपत
नेपाली बजारमा ग्राहकवर्गले नयाँ चारपाङ्गे खरिद गर्दा कम इन्धन खपत गर्ने खालका गाडीहरुलाई वढी प्राथमिकता दिन्छन् ।
टियागो आफ्नो श्रेणीमा सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हो ।
८४ बीएचपी ११४ एनएम शक्ति प्रदान गर्ने १२ लिटर पेट्रोल इन्जिन भएको टियागोले प्रति लिटर २३.८४ किलोमिटर सुनिश्चित गर्छ ।