Comments Add Comment

दुर्घटनामा परी एकको मृत्यु

१३ कात्तिक,नवलपरासी । नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका-४ जितपुरमा सोमबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अन्य एक घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका-२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम-६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु२प ४२०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १प५१०८ नम्बरको मोटरसाइल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment